नेपाल बारको भवन रेड जोनमा रहेको इन्जिनियरिङ एसोसिएसनको निष्कर्ष

काठमाडौँ । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगलागीपछि नेपाल बार एसोसिएसनको भवन पूर्ण रूपमा ध्वस्त भएको छ। सर्वोच्च अदालतसँगै रहेको उक्त भवनमा भएको क्षतिपछि नेपाल इन्जिनियरिङ एसोसिएसनले परीक्षण गर्दा संरचना प्रयोगयोग्य नभई ‘रेड जोन’मा परेको निष्कर्ष निकालेको छ।

एसोसिएसनको प्रतिवेदनअनुसार बार भवन तत्काल प्रयोगमा ल्याउन नसकिने र पुनर्निर्माण अपरिहार्य हुने देखिएको छ। आगलागीका कारण भवनको आधार संरचना नै कमजोर बनेको हुँदा सुरक्षाको दृष्टिले पनि त्यहाँ गतिविधि सञ्चालन नगर्न सुझाव दिइएको छ।

नेपाल बार एसोसिएसनले भवन पुनर्निर्माणका लागि सरकारी सहयोग तथा सरोकारवालासँग आवश्यक पहल गर्ने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज