जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु, मृतकलाई शहीद घोषणा गर्दै १० लाख क्षतिपूर्ति

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क सार्वजनिक गरिएको छ । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रममा प्रस्तुत विवरणअनुसार मृतकमध्ये ५९ जना आन्दोलनकारी, ३ जना प्रहरी र कारागारबाट भाग्ने क्रममा १० कैदी रहेका छन् ।

सरकारले आन्दोलनमा ज्यान गुमाउने सबैलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । साथै मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनमा १३४ जना प्रदर्शनकारी घाइते भएका छन्, जसको उपचार जारी छ । यस्तै, प्रहरीतर्फ ५७ जना घाइते भई विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रधानमन्त्री कार्कीले सबै घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । उनले आन्दोलनमा बलिदान दिनेहरुको सम्झनामा राज्य जिम्मेवार हुने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज