निजी विद्यालयहरूमा दुई दिन शोक बिदा घोषणा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै निजी विद्यालयहरूले दुई दिन शोक बिदा दिने भएका छन्।

नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनलगायतका निजी विद्यालयसँग सम्बन्धित प्रमुख संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भदौ २४ र २५ गते विद्यालय बन्द रहने जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “देशका विभिन्न भागमा भएको आन्दोलनका क्रममा थुप्रै युवा र विद्यार्थीहरूले अकालमा ज्यान गुमाउनु परेको पीडादायी अवस्थाले सम्पूर्ण शैक्षिक क्षेत्र मात्र होइन, नेपाली समाज नै स्तब्ध बनेको छ। हामी दिवंगत आत्माको चिरशान्ति, शोकाकुल परिवारजनमा धैर्य र उपचाररत घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”

संस्थाहरूले यस घटनालाई अकल्पनीय भन्दै दुःख प्रकट गरेका छन् र राष्ट्रिय पीडाको घडीमा शैक्षिक क्षेत्रले पनि संवेदनशीलता देखाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज