काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको सरकारी स्रोतले पुष्टि गरेको छ।
सोमबार भएको जेनजी आन्दोलन हिंसात्मक मोड लिँदा १९ जनाको ज्यान गएको र सयौँ घाइते भएका घटनाप्रति नैतिक जिम्मेवारी लिँदै मन्त्री लेखकले राजीनामा दिएका हुन्।
बैठकअघि नै उनले पार्टीको आन्तरिक छलफलमा पनि नैतिकताका आधारमा गृह मन्त्रालयको नेतृत्वमा नबस्ने निर्णय गरेको जानकारी गराएका थिए। उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय प्रधानमन्त्री र मन्त्रिपरिषद्मै निर्भर रहनेछ।

