ललितपुर । सरकारले फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेर आम नागरिकलाई नियन्त्रणमा राखेको छ । तर यही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भने फेसबुकमार्फत एमालेको दोस्रो विधान महाधिवेशनसम्बन्धी फोटो र प्रचार सामग्री सार्वजनिक गरिरहेको छ ।
ललितपुरको सनराइज सभा हलमा सुरु भएको महाधिवेशनको उद्घाटन प्रधानमन्त्री ओली स्वयंले गर्नुभयो । कार्यक्रममा आजै राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संशोधन प्रस्ताव प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
तर, एकातिर आम नागरिकलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएर अर्कोतिर प्रधानमन्त्रीकै कार्यालयले त्यही मञ्च प्रयोग गर्नु, ‘कानून र नियम सर्वसाधारणका लागि मात्रै हो’ भन्ने सन्देश दिने प्रयासजस्तो देखिएको छ ।
आलोचकहरूले यसलाई सरकारको दोहोरो चरित्रको स्पष्ट उदाहरण भन्दै प्रश्न उठाएका छन्, नियम सर्वसाधारणका लागि मात्र कि शासकहरूको लागि पनि? 

