सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । बिहीबारदेखि फेसबुक, युट्युब, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै महासंघले असहमति जनाएको हो ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल नियमन आवश्यक भए पनि कुनै विकल्प बिना बन्द गर्दा प्रेस स्वतन्त्रता मात्र होइन, नागरिकको सूचनाको हक समेत प्रभावित हुने चेतावनी दिइएको छ ।

‘सामाजिक सञ्जाल नियमनको पक्षमा महासंघ उभिएको छ । तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापि स्वीकार गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले सरकारसँग नागरिकको सूचनाको हक र प्रेस स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन जोडदार माग गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज