प्रधानमन्त्री ओलीको विश्वासको मतसम्बन्धी विवाद अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतसम्बन्धी विवाद अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले लिखित जवाफ प्राप्त भएको भन्दै मुद्दालाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश गरेको हो।

यसअघि लिखित जवाफ दर्ता नभइसकेको र अन्तरिम आदेश जारी गर्नुभन्दा प्रत्यक्ष अन्तिम किनारा गर्नुपर्ने आधार देखिँदै अदालतले पूर्ण सुनुवाइको तयारी अघि बढाएको हो।

अदालतको प्रारम्भिक चरणमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले चार बुँदे कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ मागेको थियो। त्यसपछि न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले मुद्दासम्बन्धी तीन वटा फाइल झिकाउने आदेश गर्दै मंगलबारका लागि पेशी तोकेको थियो।

सुनुवाइका क्रममा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी पत्र र पुनः समर्थन गरेको पत्र अदालतमा पेस गर्न आदेश गरिएको छ। यस्तै, सो पार्टीका तर्फबाट मन्त्री रहेका अरुणकुमार चौधरीको राजीनामासम्बन्धी आधिकारिक पत्र पनि झिकाउन अदालतले निर्देशन दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज