विद्यालय शिक्षा विधेयक भदौ ६ मा संसदमा पेस हुने

काठमाडौँ । प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक भदौ ६ गते पेस हुने भएको छ।

प्रतिनिधिसभा अन्तरगतको शिक्षा समितिले भदौ ५ गते बैठक बसेर विधेयकसम्बन्धी प्रतिवेदन पारित गर्ने तयारी गरेको छ। त्यसपछि विधेयक अर्को दिनको बैठकमार्फत संसदमा पेश हुने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए।

सोमबार बसेको समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तसहितका अधिकारीहरूसँग विस्तृत छलफल भएको थियो। विधेयक पारित गर्ने प्रक्रियालाई अन्तिम रूप दिन आगामी बैठकमा निर्णय गरिने समितिले जनाएको छ

सम्बन्धित समाचार

ताजा न्यूज