रुपन्देही कारागारमा आधारभूत सुविधा अभाव, रविको कोठामा न एसी न खुला झ्याल

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको रुपन्देही कारागारको कोठामा वातानुकूलन (एसी) सुविधा नभएको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको पाइएको छ। राष्ट्रिय मानवअधिकार आयोगको टोलीले गरेको अनुगमनमा यस्तो तथ्य बाहिर आएको हो।

आयोगका प्रतिनिधिहरूले कारागारको अवस्था सामान्य मानवीय मापदण्डभन्दा तल रहेको निष्कर्ष निकाल्दै कैदीबन्दीका लागि आवश्यक आधारभूत सुविधा पर्याप्त नभएको टिप्पणी गरेका छन्।

आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। “पर्याप्त शौचालय छैनन्, रहेका शौचालयको अवस्था पनि दयनीय छ,” उनले भनिन्।

लामिछानेलाई राखिएको ब्लकमा झ्याल टालिएकाले हावा आउजाउ गर्न नसक्ने अवस्था रहेको थापाले जानकारी दिइन्। कोठामा दुई वटा पंखा (एक चाइनिज मोडल र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो) मात्र रहेका छन्।

जेल प्रशासनले झ्याल सुरक्षाका कारण टालिएको दाबी गर्दै, आवश्यक परे खोल्न सकिने जनाएको आयोगले बताएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज