काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको पहलमा काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत र विशेष अदालत अगाडि लिफ्टसहितको आकाशेपुल निर्माण हुने भएको छ।
सुरक्षित सडक पार गर्ने व्यवस्था मिलाउन उद्देश्यले यो आकाशेपुल निर्माण गर्न लागिएको हो। अदालतमा दैनिक आउने सेवाग्राही, वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरूलाई सहज आवागमनका लागि लिफ्टसहितको सुविधा राखिनेछ।
शहरी विकास मन्त्रालयले पुल निर्माणको काम शुरु भइसकेको जनाएको छ ।