अधिवक्ता सरोजकृष्ण घिमिरे ‘ल एसिया’को कार्यकारी समिति सदस्यमा चौथो पटक निर्वाचित

काठमाडौँ । एसिया र एसिया–प्रशान्त क्षेत्रका कानून व्यवसायी तथा कानूनी संस्थाहरूको छाता संगठन ‘ल एसिया’ को कार्यकारी समिति सदस्यमा अधिवक्ता सरोजकृष्ण घिमिरे पुनः निर्वाचित भएका छन्। दक्षिण कोरियाको सियोलमा सम्पन्न ल एसियाको महासभामा भएको निर्वाचनबाट उनी वर्ष २०२६–२०२७ को कार्यकालका लागि चौथो पटक कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन्।

एसिया तथा एसिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका बार एसोसिएसनहरू र कानूनी संस्थाहरूको प्रतिनिधित्व रहेको महासभामा भएको प्रतिस्पर्धात्मक प्रक्रियामार्फत घिमिरेलाई पुनः कार्यकारी समितिमा चयन गरिएको हो। अन्तर्राष्ट्रिय कानूनी मञ्चमा नेपालको तर्फबाट निरन्तर चौथो पटक निर्वाचित भई उनले देशको प्रतिनिधित्व सुनिश्चित गरेका हुन्।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै अधिवक्ता घिमिरेले क्षेत्रीय कानूनी समुदाय तथा विभिन्न देशका बार एसोसिएसनहरूले आफूप्रति देखाएको निरन्तर विश्वास र अमूल्य मतका लागि हार्दिक आभार व्यक्त गरेका छन्। उनले अन्तर्राष्ट्रिय कानूनी क्षेत्रमा नेपालको तर्फबाट सशक्त उपस्थिति जनाउँदै न्याय, मानव अधिकार र कानूनको शासनको प्रवर्द्धनमा सदैव निष्ठापूर्वक लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

साथै, उनले यस यात्रामा सहयोग, सद्भाव र शुभकामना व्यक्त गर्ने सम्पूर्ण अग्रज कानून व्यवसायी तथा सहकर्मीहरूमा हार्दिक कृतज्ञता प्रकट गरेका छन्।

 

सम्बन्धित समाचार

ताजा न्यूज