प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने प्रकाश खड्का काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखका एक वडासचिवलाई टेलिफोनमार्फत धाकधम्की दिने प्रकाश खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक स्थायी घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका २२ वर्षीय खड्कालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले खड्कालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान अघि बढाइएको पुष्टि गरे।

खड्काले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई प्रधानमन्त्री कार्यालयको कर्मचारी भएको दाबी गर्दै फोन गरेर निकै अशिष्ट र अमर्यादित भाषा प्रयोग गरी धम्क्याएका थिए। उक्त टेलिफोन संवादको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी चर्चा र आलोचना भएको थियो। यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार नै यस घटनालाई गम्भीरतापूर्वक लिँदै राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज