३४औं अधिवक्ता परीक्षाको नतिजा सार्वजनिक, १२७४ जना सफल

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् (बार काउन्सिल) ले लिएको ३४औं अधिवक्ता तहको परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको छ। प्रकाशित नतिजा अनुसार यस वर्ष देशभर १२७४ जना नयाँ कानून व्यवसायीहरू थपिएका छन्। २२ सयभन्दा बढी परीक्षार्थीहरू सहभागी भएको उक्त परीक्षामा १२७४ जना मात्र वकील बन्न सफल भएका हुन्।

यस वर्षको नतिजामा ८०.९० प्रतिशत अंक हासिल गर्दै पृथ्वीराज पोखरेलले प्रथम स्थान प्राप्त गरेका छन्। त्यस्तै, ७६.३६ प्रतिशत अंकसहित रिया रायमाझी दोस्रो र ७४.०९ प्रतिशत अंकका साथ सुस्मिता हुमागाई तृतीय हुन सफल भएका छन्।

कानूनमा स्नातक (एलएलबी) तहको अध्ययन पूरा गरेका विद्यार्थीहरूका लागि वकील बन्न नेपाल बार काउन्सिलले लिने यो परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रावधान रहेको छ। पछिल्लो समय कानून विषयको अध्ययनमा विद्यार्थीहरूको आकर्षण बढ्दै गएसँगै बर्सेनि वकीलहरूको संख्यामा पनि वृद्धि भइरहेको छ। यसै क्रममा २०८२ सालको परीक्षाबाट एकैसाथ १२ सयभन्दा बढी नयाँ कानून व्यवसायीहरू थपिएका हुन्। परिषद्ले सार्वजनिक गरेको सूचना अनुसार परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरूले अधिवक्ताको प्रमाणपत्र प्राप्त गर्नका लागि १५ हजार ५ सय रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ

सम्बन्धित समाचार

ताजा न्यूज