सेयर कारोबारी दीपेन्द्र अग्रवाल पुनः प्रहरी नियन्त्रणमा

काठमाडौँ । सेयर कारोबारसँग सम्बन्धित मुद्दामा सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई शुक्रबार काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

अग्रवाल यसअघि पनि साउन महिनामा पक्राउ परेका थिए भने आवश्यक प्रक्रिया पूरा भएपछि रिहा भएका थिए। तर धितोपत्रसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा उनलाई पुनः अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अग्रवालविरुद्ध धितोपत्रसम्बन्धी ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज