कुनै सुविधा नलिने मन्त्री घिसिङ : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्ने क्रममा विशेष घोषणा गर्दै सरकारी सुविधा नलिने बताएका छन्। उनले आफ्नो नाममा आउने तलबभत्ता शहीद सहयोग कोषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मी बाहेक अन्य कुनै सुविधा नलिने स्पष्ट पार्दै घिसिङले भ्रष्टाचारविरुद्ध कठोर अभियान चलाउने संकेत दिएका छन्।

“भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको प्रश्न हो,” घिसिङले भने, “अनियमितता र भ्रष्टाचार सहन सकिँदैन, यस्ता काममा संलग्न जो कोही कारबाहीको दायरामा पर्छ।”

उनले पारदर्शिता कायम गर्न आफू प्रत्यक्ष सम्पर्कमा आउन नागरिकलाई आग्रह गर्दै, योग्य व्यक्तिलाई योग्य स्थानमा राख्ने नीति दृढतापूर्वक लागू गरिने उल्लेख गरे।

सम्बन्धित समाचार

ताजा न्यूज