अदालतमा हाजिर भएकै दिन धरौटीमा रिहा भइन् सांसद बस्नेत

नवलपरासी । करिब एक वर्षदेखि फरार रहिएकी सांसद गीता बस्नेत बुधबार बिहान अदालतमा हाजिर भएकै दिन थुनछेक बहसपछि धरौटीमा रिहा भएकी छन्।

जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश कमलप्रसाद ज्ञावालीको इजलासले बस्नेतलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। छिपछिपे सहकारीको करिब ९६ लाख रुपैयाँ हिनामिनाको मुद्दामा फरार बस्नेत बुधबार बिहान साढे १० बजे दुई जना वकिलसहित जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर भएकी थिइन्। अदालत हाजिर भएकै दिन बुधबार थुनछेक बहस हुँदा बस्नेत छुटेकी हुन्।

उनीविरुद्ध जिल्ला अदालतको आदेशले पक्राउ पुर्जीसमेत जारी गरेको थियो। बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिकतर्फकी प्रतिनिधिसभा सदस्य हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज