काठमाडौँ । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीशहरू नियुक्त गर्नुभएको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनेहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहनुभएको छ।
संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसलाई कानुनी प्रक्रिया पूरा गरी राष्ट्रपतिसमक्ष पेस गरिएको थियो, जसलाई राष्ट्रपतिले अनुमोदन गर्नुभएको हो।
नयाँ नियुक्त भएका न्यायाधीशहरूको शपथग्रहण तथा पदभार ग्रहणको कार्यक्रम सर्वोच्च अदालतमा छिट्टै नै सम्पन्न हुने कानुन तथा न्याय मन्त्रालयले जनाएको छ।

