वीरगञ्ज कारागारबाट एक जना कैदी फरार

काठमाडौँ । पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्। पर्साको पोखरिया सतुरियाका सुनिल साह नाम गरेका कैदी कारागारबाट फरार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कैदी फरार भएको विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आधिकारिक रूपमा पुष्टि गरेका छन्।

घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ सुरक्षा निकायले कारागारको सुरक्षा व्यवस्था क कडा पार्दै फरार कैदीको खोजीकार्य तीब्र बनाएको छ। कारागार प्रशासनले सुरक्षा कमजोरी र घटनाको कारणबारे आन्तरिक छानबिन सुरु गरेको छ।

कानूनी प्रावधान अनुसार कारागारबाट कैदी फरार हुनु गम्भीर अपराध मानिने हुँदा यसमा संलग्न वा जिम्मेवार पक्षमाथि विभागीय तथा कानुनी कारबाही अगाडि बढाइने बताइएको छ। फरार व्यक्तिको खोजीका लागि आसपासका नाकाहरूमा समेत सुरक्षा जाँच कसिलो पारिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज