काठमाडौँ । उच्च अदालत बार एशोसिएसन पाटनको अध्यक्ष पदमा नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह (पीपीएलए) का उम्मेदवार सेवन्तराज निरौला भारी मतान्तरसहित विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित निरौलाले एक्लै १ हजार १५२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र व्यवसायी मञ्चका उम्मेदवार भेषराज पोखरेलले १९९ मत र नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का उम्मेदवार देवीप्रसाद रिजालले १२२ मत मात्र प्राप्त गर्न सके। यस निर्वाचनमा पीपीएलएका उम्मेदवारले सानदार जित हासिल गर्दा कांग्रेस र रास्वपा निकट उम्मेदवारहरू भने मतपरिणाममा निकै पछाडि परेका हुन्।

