सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानरत नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि उक्त समय थप गरेको हो।

व्यवसायी दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि पौडेललाई यसअघि नै पक्राउ गरी हिरासतमा राखिएको छ। यता, पौडेलको रिहाइको माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई जारी रहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज