कानुनमन्त्री गौतमको सय दिन, कानुन तर्जुमादेखि संक्रमणकालीन न्यायसम्मका काममा सक्रिय

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफ्नो कार्यकालको सय दिन पूरा गर्दै मन्त्रालयमार्फत सम्पादन गरिएका मुख्य कार्यविवरण सार्वजनिक गरेकी छिन् । चैत १३ गते पदभार ग्रहण गरेयता कानुन मन्त्रालयले नीतिगत र प्रक्रियागत सुधारका लागि विभिन्न काम गरेको छ ।

मन्त्रालयको कार्यसूची अनुसार यस अवधिमा कानुन तर्जुमा गर्ने क्रममा १० वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरिएको छ भने १४ वटा विधेयकलाई तर्जुमाका लागि सहमति दिइएको छ । सोही अवधिमा ८ वटा अध्यादेश, २४ वटा नियमावली र ९ वटा गठन आदेशका लागि पनि मन्त्रालयले सहमति प्रदान गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र सन्धि सम्झौताका क्षेत्रमा समेत मन्त्रालयले सक्रियता देखाउँदै ५ वटा सम्झौतामा कानुनी राय दिएको छ भने ३२ वटा सन्धि सम्झौतामा राय परामर्श उपलब्ध गराएको छ । त्यसैगरी, लामो समयदेखि चर्चामा रहेको संक्रमणकालीन न्यायसम्बन्धी विषयमा पनि मन्त्रालयले महत्त्वपूर्ण कदम चालेको छ । यस अन्तर्गत नियमावलीको मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पठाइएको छ भने पीडित तथा उजुरीकर्ताको विवरण व्यवस्थित गर्ने कार्य अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज