तीन साताको बिदापछि काममा फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साता लामो बिदापछि काममा फर्किएकी छन्। न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिनदेखि बिदामा बसेकी न्यायाधीश मल्लको यो उपस्थिति न्यायिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

न्यायाधीश मल्ल सोमबारदेखि नै आफ्नो नियमित काममा सक्रिय भएकी छिन्। सर्वोच्च अदालत प्रशासनले उनलाई आज दुईवटा इजलासको जिम्मेवारी तोकेको छ। तोकिएको कार्यतालिका अनुसार उनले आज एकल इजलासबाट मुद्दाको सुनुवाइ गर्नेछिन् भने त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा बसेर थप मुद्दाहरूको फैसला गर्नेछिन्।

सम्बन्धित समाचार

ताजा न्यूज