राष्ट्रपतिद्वारा तीन नयाँ अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार थप तीन वटा नयाँ अध्यादेशहरू जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ रहेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यी महत्त्वपूर्ण कानुनी व्यवस्थाहरूलाई प्रमाणीकरण गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा न्यूज