रवि लामिछानेविरुद्धको कसुर संशोधन विवाद : पूर्ण इजलासमा पुगेर पनि सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतका प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा बिहीबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापा सम्मिलित पूर्ण इजलासमा पेसी तोकिए पनि विपक्षीका तर्फबाटै स्थगितको निवेदन परेपछि सुनुवाइ रोकिएको हो ।

यो मुद्दालाई गत चैत १५ गते न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले आठ वटा गम्भीर कानुनी प्रश्नको व्याख्या गर्नुपर्ने आवश्यकता औँल्याउँदै पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले गत पुस ३० र माघ २ गते रवि लामिछाने, फरार रहेका जिबी राई लगायतका सबै प्रतिवादीहरू विरुद्ध रहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोगहरू संशोधन गर्ने विवादित निर्णय गरेकी थिइन् । सोही निर्णयलाई बदर गर्न माग गर्दै सर्वोच्चमा तीनवटा रिट निवेदन दर्ता भएका छन्, जुन अहिले अदालती प्रक्रियाको पर्खाइमा रहेका छन् ।

यसअघि वैशाख १० गतेका लागि तोकिएको पेसी पनि महान्यायाधिवक्ताको तर्फबाटै स्थगित गराइएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज