काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। शेरचनलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो। विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।
यसअघि कात्तिक २२ गते सीआईबीले बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै थुप्रै कागजात नियन्त्रणमा लिएको थियो।
सीआईबीले ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई समेत पक्राउ गरिसकेको छ। करिब ९८ करोड रुपैयाँ ठगी आरोपसम्बन्धी जाहेरीको आधारमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाद्वारा दर्ता गराइएको मुद्दामा अनुसन्धान जारी छ।

