यसकारण मनाङ प्रदेशसभाको उपचुनाव स्थगित

काठमाडौं । कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेशसभाको उपचुनाव स्थगित भएको छ ।

आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि त्यसदिनको उपचुनाव नगर्ने समझदारी बनेको हो ।

चुनाव स्थगित भएको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अर्को मिति तय गर्ने नेपाल प्रेसलाई जानकारी दिए ।

उप निर्वाचन प्रयोजनका लागि असोज २२ र २३ गते दल दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको थियो । जेन जीको आन्दोलनपछि सृजना भएको अवस्था र अहिलेको विपदका कारण उक्त कार्यतालिका प्रभावित भएपछि आयोगले निर्वाचन स्थगित गरेको भण्डारीले बताए ।

प्रतिनिधिसभा विघटनसँगै रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव भने यसअघि नै रद्द भइसकेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज