कानून कार्यान्वयन मात्रै गर्दा २० हजार विद्यार्थीले छात्रबृत्तिमा पढ्न पाएको बालेनको दाबी, संस्थागत विद्यालयका विद्यार्थीलाई न्याय

काठमाडौं । कानून कार्यान्वयन मात्रै गर्दा २० हजार विद्यार्थीले छात्रबृत्तिमा पढ्न पाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दाबी गरेका छन् उनका अनुसार संस्थागत विद्यालयका विद्यार्थीलाई काठमाडौं महानगरपालिकाको निर्णयले न्याया गरेको छ ।

संस्थागत विद्यालयहरुमा यस वर्ष २० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौंका मेयर बालेन्द्र साहका अनुसार छात्रवृत्ति पाउनेहरुको यो संख्या अहिलेसम्मकै उच्च हो ।

महानगरअन्तर्गतका संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्ने कानूनलाई लागू गर्दा २० हजारभन्दा धेरै विद्यार्थीले सवा दुई अर्बको छात्रवृत्ति पाएका हुन् ।

कार्यान्वयनको पहिलो वर्ष १३०००, दोश्रो वर्ष १९००० र यो वर्ष १ देखि १० सम्म १६९८० र ११ मा ३३०२ गरि जम्मा २०,२८२ ले छात्रवृति पाएको बालेनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

विद्यालयहरुले छात्रवृत्तिको विवरण सार्वजनिक नगरे काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले बताएका छन् ।

यस शैक्षिक सत्र २०८२ मा हालसम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ, जसअनुसार १६,९८० जनाले छात्रवृत्ति पाएका हुन्।केही बिद्यालयले हालसम्म विवरण बुझाएका छैनन् ।

‘उहाँहरुलाई यथाशिघ्र विवरण बुझाउन अनुरोध गर्छौ, विवरण पेस नगर्ने बिद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,’ बालेनले लेखेका छन् ।

प्राप्त भएको विवरणको पनि महानगरले अनुगमन गर्ने र फरक पाइएमा कानुन बमोजिम कारबाही हुने उनले बताएका छन्।

‘कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं,’ उनले भनेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज