काठमाडौं जिल्ला अदालतको आग्रह : लुटपाट गरिएका सामान फिर्ता गर्न सूचना जारी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले हालैको प्रदर्शनका क्रममा लुटपाट भएका सामग्री फिर्ता गरिदिन सर्वसाधारणलाई आग्रह गरेको छ।

अदालतले सार्वजनिक सूचना जारी गर्दै यही भदौ २४ गते भएको घटनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानरसहित अन्य भौतिक सामग्री चोरी तथा लुटपाट भएको उल्लेख गरेको छ।

अदालतले ती सामग्री फिर्ता नगरे कानुनी कारबाहीमा पर्नुपर्ने चेतावनीसमेत दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज