लुटिएका सामग्री फिर्ता गर्न सिआइबीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हालैका घटनामा लुटपाट भएका सामग्री फिर्ता गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

शुक्रबार जारी गरिएको विज्ञप्तिमा सिआइबीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी अनुसन्धान भइरहेको जनाउँदै लुटिएका सामान फिर्ता नगर्ने वा लुकाउनेलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ।

सिआइबीले लुटिएका वस्तु नजिकैको सुरक्षा निकायमा बुझाउन, आपराधिक गतिविधिबारे जानकारी भए सूचना दिन, र यस्ता सामग्रीको किनबेच नगर्न समेत सबैलाई अनुरोध गरेको छ।

सुरक्षा निकायले घटनाबारे थप प्रमाण संकलन भइरहेको र दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज