सिंहदरबारदेखि सर्वोच्च अदालतसम्मको आगो बुधबार विहानसम्मै, नेपाली सेनाले पटक पटक प्रयास गर्दासमेत निभेन

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म मंगलबार दिउँसोदेखि बुधबार विहानसम्म पनि जलिरहेको छ । सिंहदरबार भित्र, अर्थ, गृह, शिक्षा, ऊर्जासहितका मन्त्रालयमा आगो लागेको हो । आगो लागेका कारण ति मन्त्रालयभित्र भएको संवेदशील कागजात नस्ट भएको छ ।

बुधबार विहानसम्म पनि सर्वोच्च अदालत जलिरहेको छ । सर्वोच्च मुलुकको अत्यन्तै संवेदशील कागजान र नागरिकको तथ्यांक भएको ठाउँ हो । त्यहाँ पनि बुधबार विहानसम्म पनि आगो निभेको छैन् ।

नेपाली सेनाका फायर ब्रिगेडको दमकलले सिंहदरबारको आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ। यद्यपि सर्वत्र फैलिएकाले आगो नियन्त्रण प्रयास सफल हुन सकेको छैन।

‘दमकल बेलुकैदेखि खटिएको छ,’ सिंहदरबारका खटिएको नेपाली सेनाको फायर ब्रिगेडका एक जनाले भने ‘४० पटक पानी भरेर ल्याएर हालिसकेका छौं।

मंगलबार दिउँसोदेखि सुरु भएको आगजनीपछि खण्डहर बनिसकेको सिंहदरबारमा अहिले पनि धुँवाको मुस्लो छुटिरहेको छ।

अहिले सिंहदरबारको पश्चिमी मोहडाबाट धुँवाको मुस्लो छुटिरहेको छ। सिंह दरबारको मूल भवनको पश्चिमतर्फ अहिले धुँवाको मुस्लो निस्किरहकेको छ ।

सिंह दरबारभित्रका अधिकांश मन्त्रालय तोडफोड भएका छन् भने गृह मन्त्रालय र उर्जा मन्त्रालय जलेर पूर्ण रुपमा नष्ट भएका छन्। अर्थ मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, शिक्षा मन्त्रालयमा पनि आगजनी भएको छ।

सिंहदरबार भित्र मात्रै २० वटा मन्त्रालय छन्। सिंहदरबारभित्रका केही थोरै भवन मात्रै प्रयोगमा ल्याउन सकिने अवस्थामा छन।

यसैगरी रामशाह पथमा रहेको सर्वोच्च अदालत पनि अहिलेसम्म जलेको जल्यै छ। सर्वोच्च परिसरबाट पनि धुँवाको मुस्लो छु्ट्ने क्रम जारी छ।

सम्बन्धित समाचार

ताजा न्यूज