काठमाडौँ । गोंगबुस्थित एक घरमा प्रहरीले झन्डै ४ करोड रुपैयाँ अवैध रकम र सुनका ढिक्का बरामद गरेको छ। यस घटनामा विनोदकुमार श्रेष्ठलाई पक्राउ गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार सूचनाको आधारमा छापा मार्दा करिब ३ करोड ७५ लाख रुपैयाँ फेला परेको छ।
प्रहरीले घटनास्थलबाट ठूलो परिमाणमा सुनका ढिक्का पनि बरामद गरेको छ। रकम र सुन कसको हो भन्ने विषयमा अनुसन्धान जारी छ। पक्राउ परेका श्रेष्ठसँग सम्बन्धित थप तथ्यांक र घटनाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।

