एमाले नेता ऐन महरविरूद्ध साइबर अपराध मुद्दा दर्ता

काठमाडौँ । नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधअन्तर्गत मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार महरविरूद्ध इलेक्ट्रोनिक कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा मुद्दा दायर गरेको हो।

अब अदालतले प्रतिवादी महरको उपस्थितिमा थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा हाजिर जमानीमा छाड्नेबारे निर्णय गर्नेछ। याद गराइँदैछ, यसअघि सरकारी वकिल कार्यालयले महरलाई गत भदाै ११ मा हाजिरी जमानीमा छाडिसकेको थियो।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज