मुद्दाको बहसपछि ज्यान मार्ने धम्की, अधिवक्ता गौतमद्वारा प्रशासन र साईबर ब्युरोमा उजुरी

काठमाडौं । अधिवक्ता मनिषा गौतमले आफूले लडिरहेको एक मुद्दाको सिलसिलामा ज्यान मार्ने धम्की आएको भन्दै काठमाडौं प्रशासन कार्यालय, प्रहरी परिसर काठमाडौं तथा साईबर ब्युरोमा निवेदन दिएकी छिन्।

उनका अनुसार मोबाइलमा लगातार धम्कीपूर्ण फोन र अश्लील सन्देशहरू पठाइएको छ। “मलाई मार्ने, मानसिक रूपमा त्रसित बनाउने प्रयास भइरहेकाले मैले शान्ति सुरक्षाको लागि सम्बन्धित निकायहरूमा लिखित निवेदन दिइसकेको छु,” गौतमले बताइन्।

गौतमले धम्की दिने व्यक्तिका रूपमा खगेन्द्र सुनारको नाम खुलेको जनाउँदै भनेकी छिन्, “यदि मलाई केही भएमा त्यसको सम्पूर्ण जिम्मेवारी खगेन्द्र सुनारमाथि हुनेछ।” उनले आफ्नो परिवार र आफन्तहरूलाई पनि यसै अनुरूप कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन्।

उनले थपिन्, “मैले बोलेको नबोलेका शब्दहरू सार्वजनिक गरेर मेरो चरित्र हत्या गर्ने प्रयास भयो, जुन मेरो संविधान प्रदत्त मौलिक हकको उल्लंघन हो।”

गौतमले दोषीमाथि कडा कारबाहीको माग गर्दै दलित आयोगसमक्ष स्वतन्त्र छानबिन र निष्पक्ष सुनुवाइको समेत माग गरेकी छन्।

सम्बन्धित समाचार

ताजा न्यूज