काठमाडौं । उच्च अदालत पाटनले आगामी वैशाख २४ गते ‘सरकारी कामकाजको भाषासम्बन्धी दिवस’ को अवसरमा प्रदेश सरकारद्वारा सार्वजनिक बिदा दिइए पनि अदालत भने खुला रहने जनाएको छ।
प्रशासन शाखाद्वारा आज जारी सूचनामा भनिएको छ, “मिति २०८२/०१/२४ गते प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा वाग्मती प्रदेशसरकारले सार्वजनिक बिदा दिने भनी वाग्मती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मिति २०८२/०१/२३ मा सूचना प्रकाशन गरेकोमा न्यायिक कामकाजको उपयुक्तता हेका गृह मन्त्रालय निर्णय गैरसोझिने हुने भएकोले मिति २०८२/०१/२४ मा यस अदालत र कामकाजी उपशाखाहरू यस अदालत मातहतका अदालतहरू समेत खुला रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”
यस अनुसार निर्धारित मितिमा उच्च अदालत पाटन र यस मातहतका अदालतहरूमा नियमित न्यायिक कार्यसूची अनुसार कामकाज यथावत रूपमा सञ्चालन हुनेछ।