सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनको विवादले मुद्दाहरु विचाराधीन

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनको विषयमा देखिएको विवादका कारण गत असोज २१ गतेदेखि इजलास बस्न सकेको छैन।

प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन गर्दा न्यायाधीश छनोटको अधिकार आफ्नो निहित अधिकार भएको दाबी गर्दै आएका छन् भने सर्वोच्च अदालतका केही न्यायाधीश र नेपाल बार एसोसिएसनले यसलाई स्पष्ट मापदण्ड र पारदर्शी प्रक्रियामा आधारित हुनुपर्ने माग गरेका छन्।

संवैधानिक इजलासको रोस्टरमा रहेका न्यायाधीशहरूमध्येबाट प्रधानन्यायाधीशले इजलास तोक्ने अभ्यास रहँदै आएको छ तर यसपटक अपनाइएको न्यायाधीश छनोटको शैलीलाई लिएर विवाद उत्पन्न भएको हो।

विगतमा पनि यस्तै किसिमका विवादहरू उत्पन्न हुँदा वरिष्ठताका आधारमा न्यायाधीश तोक्ने सहमति जुटाइएको थियो जसले समस्या समाधानमा सहयोग पुर्‍याएको थियो।

लामो समयसम्म संवैधानिक इजलास नबस्दा यसअन्तर्गतका २ सयभन्दा बढी महत्वपूर्ण मुद्दाहरू विचाराधीन अवस्थामा थन्किएका छन् र यसले न्याय सम्पादनमा प्रत्यक्ष असर पारेको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज