उच्च अदालतमा तीन न्यायाधीश सिफारिस, सर्वोच्चको रजिस्ट्रारमा दाहाल र कट्टेल

काठमाडौँ । न्याय परिषद् र न्याय सेवा आयोगको मङ्गलबार बिहान बसेको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश तथा सर्वोच्च अदालतको रजिस्ट्रार पदका लागि दुई जनाको नाम सिफारिस गरेको छ।

उच्च अदालतको न्यायाधीश पदमा सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल, कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासे र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंह सिफारिस भएका छन्। सिफारिसअनुसार कास्की जिल्ला अदालतका न्यायाधीश बेलबासेलाई उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन महानिर्देशनालयका सिंहलाई उच्च अदालत विराटनगरका लागि सिफारिस गरिएको छ।

यसैगरी, बैठकले बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा सिफारिस गर्ने निर्णय गरेको छ। सर्वोच्चका बहालवाला रजिस्ट्रार पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएसँगै प्रशासनिक नेतृत्वका लागि उनीहरूको नाम सिफारिस गरिएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज