काठमाडौँ । न्याय परिषद्ले देशका विभिन्न जिल्लामा कार्यरत न्यायाधीशहरूको सरुवा तथा पदस्थापन गरेको छ। परिषद्को बुधबारको निर्णयअनुसार १० जना जिल्ला न्यायाधीशलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको हो।
सरुवा हुनेमा काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषा लगायतका जिल्लामा कार्यरत न्यायाधीशहरू रहेका छन्। परिषद्ले न्याय प्रशासनलाई थप प्रभावकारी र सन्तुलित बनाउन सरुवा गरिएको जनाएको छ।
यस्तै, विभिन्न जिल्लामा २० जना नयाँ जिल्ला न्यायाधीशहरूको पदस्थापन पनि गरिएको छ। न्याय परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईका अनुसार पदस्थापन गरिएका न्यायाधीशहरूलाई आवश्यकतानुसार विभिन्न जिल्ला अदालतमा जिम्मेवारी तोकिएको हो।

