वामपन्थी नेता प्रदीप नेपालको निधन

[sharethis-inline-buttons]

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपाल ७१ वर्षको उमेरमा निधन भएका छन्। मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएको हो।

उनी पार्किन्सन रोगबाट पीडित थिए र पछिल्लो समय राजनीतिबाट निष्क्रिय भएका थिए। केही दिनअघि अस्पताल भर्ना गरिएका प्रदीप नेपाल सोमबार आईसीयूमा राखिएका थिए।

प्रदीप नेपाल पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका थिए। उनी नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य पनि थिए।

सम्बन्धित समाचार

ताजा न्यूज