व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदाहुँदै थुनामा राख्न अनुमति लिएको भन्दै सो प्रक्रियालाई नै खारेज गरिदिएको हो ।

उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यदि धरौटी वा जमानत दिन नसकेको खण्डमा मात्रै थुनामा राख्न आदेश जारी गरेको छ ।

नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले गोल्छालाई गत वैशाख ११ गते पक्राउ गरेको थियो । अनुसन्धान अधिकारीले उनलाई थुनामा राखेरै कारबाही अघि बढाउन अनुमति लिए पनि सर्वोच्चले उक्त प्रक्रिया त्रुटीपूर्ण रहेको भन्दै धरौटीमा रिहा गर्न बाटो खोलिदिएको छ । यो आदेशसँगै अब गोल्छालाई हिरासत बाहिरै बसेर अनुसन्धानमा सहयोग गर्ने अवसर मिलेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज