काठमाडौँ । सरकारले सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै उनी गृह मन्त्रालयसँगै सरकारका आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारीमा रहनेछन् ।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएपछि प्रवक्ताको पद रिक्त रहेको थियो । खरेल ललितपुर–२ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार बनेका छन् ।

