काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार सीडीओसँगै कारागार व्यवस्थापन विभागको नेतृत्वमा समेत हेरफेर गरिएको छ।
सूचनाअनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई जिम्मेवारी दिइएको छ। यस्तै, भोजपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा राजन पौडेललाई पठाइएको छ।
अन्य सरुवाअनुसार पर्वत जिल्लामा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल र प्युठान जिल्लामा शान्ति राज प्रसाईंलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ।
गृह मन्त्रालयले प्रशासनिक कामकाजलाई प्रभावकारी बनाउन नियमित सरुवाअन्तर्गत यी निर्णयहरू गरिएको जनाएको छ।


