काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको नयाँ अध्यक्षका रूपमा डा। कुमार शर्मा आचार्यलाई मनोनयन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ अधिवक्ता आचार्यलाई चयन गरेको हो।
कानून क्षेत्रमा लामो अनुभव व्यक्तित्वका रूपमा परिचित आचार्यको नेतृत्वमा प्रेस स्वतन्त्रता, मिडिया आचारसंहिता तथा नियमन प्रणाली अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

