अन्तरिम सरकारका मन्त्री कुलमानले आज पार्टी दर्ता गर्दै, पूर्वऊर्जा सचिव उपाध्ययलाई डमी अध्यक्ष बनाउँदै

काठमाडौं । तीन वटा मन्त्रालय हाँकिरहेका अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आज (मंगलबार) पार्टी दर्ता गर्ने भएका छन् । उनले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिने भएका छन् ।

सोमबार दिनभरको छलफलपछि ५१ जना केन्द्रीय सदस्य रहने निकर्ष निकाल्दै आज पार्टी दर्ता गर्न जाने निर्णय गरेको छ । आज उनको पार्टीले दल दर्ताका लागि आयोग जाने गरी सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।

उनको दलको नाम उज्यालो नेपाल पार्टी हुनेछ भने चुनाव चिन्ह ‘बिजुलीको चिम’ हुनेछ । यो पार्टीले पूर्वऊर्जा सचिव अनुप कुमार उपाध्ययलाई डमी अध्यक्ष बनाउँदै छ । सबै हैकम कुलमानकै हुने यो पार्टीमा उपाध्याय नाम मात्रैकाे हुने भएका छन् ।

यसमा कुलमान घिसिङ, बालेन शाहको समूह, सुदन गुरुङको जेनजी समूह र संयूक्त पहिचानवादी मोर्चा हुनेछन् ।

यो मोर्चामा आठ घटक छन् । प्रदेश नम्बर १ बाहेक अन्य जेनजीका प्रदेश संयोजक पनि यसमा केन्द्रीय सदस्यको रुपमा रहने जनाइएको छ ।

यो पार्टीको घोषणापत्र पनि तयार भइसकेको छ । त्यसबाहेक दस्तावेज पनि लेखिएको उल्लेख छ । पार्टी कम्युनिष्ट विचारधारातिर ढल्किएको हुने छ ।

त्यसबाहेक समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद, बहुसंस्कृतिकवाद र राष्ट्रिय एकतालाई मूल नारा बनाएर यो पार्टीको अवधारणापत्र र सिद्धान्त बन्ने बताइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज