नवनियुक्त दुई मन्त्रीले लिए शपथ, स्वास्थ्य र खेलकुद मन्त्रालयमा नियुक्ति

काठमाडौं। राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको रुपमा नियुक्त गरेका हुन्।

सो अवसरमा अन्य दुई जना मन्त्रीको नाम पनि सिफारिस गरिएको थियो। तर खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई अन्तिम समयमा रोकिएको थियो। प्रधानमन्त्री कार्कीले सुनारलाई श्रम तथा श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रुपमा सिफारिस गरेकी थिइन्।

नवनियुक्त मन्त्रीहरूले आगामी दिनमा आफ्नो जिम्मेवारी कार्यान्वयन गर्दै सम्बद्ध मन्त्रालयको विकास र जनकल्याणका लागि काम गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज