जेन–जी आन्दोलनमा २४ सयभन्दा बढी घाइते, गृह मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा २४ सयभन्दा बढी नागरिक घाइते भएको सरकारी तथ्यांकले देखाएको छ। गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार आन्दोलनका क्रममा दुई हजार ४२९ जना घाइते भएका छन्।

मन्त्रालयका अनुसार यो विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त प्रतिवेदनका आधारमा तयार गरिएको हो। घाइतेहरूमध्ये केही अझै विभिन्न अस्पतालमा उपचाररत छन्।

सरकारले आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। साथै, घाइतेहरूको पहिचान सुनिश्चित गर्न गृह मन्त्रालयले परिचयपत्र वितरणको प्रक्रिया समेत सुरु गरेको छ।

भदौ महिनाको उक्त आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए। हाल विभिन्न निकायले आन्दोलनका घटनाको छानबिन र क्षतिपूर्ति व्यवस्थापनका विषयमा कार्य अगाडि बढाइरहेका छन्।

हेर्नुस घाइतेहरुको नामावली:

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज