पूर्वसभामुख घर्ती र महराले बुझाए सरकारी गाडी

काठमाडौं । सरकारले सेवानिवृत्त पदाधिकारीलाई दिइँदै आएको अतिरिक्त सुविधा कटौती गर्ने निर्णयसँगै पूर्वसभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट प्रयोग गर्दै आएका सरकारी गाडी फिर्ता गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा पूर्वसभामुखहरूलाई गाडी, चालक तथा इन्धनलगायत सुविधा उपलब्ध हुँदै आएको थियो । तर, हालै सरकारले प्रचलित कानुनबाहेकका सुविधा बन्द गर्ने निर्णय गरेपछि उनीहरूले सुविधा वापतको गाडी सचिवालयमा बुझाएका हुन् ।

अर्थ मन्त्रालयले यसअघि नै गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै, कानुनमा व्यवस्था नभएका सवारी साधन, जिन्सी सामग्री, सहयोगी र सुरक्षाकर्मीसमेत फिर्ता गराउन निर्देशन दिएको थियो ।

यो निर्णयपछि अन्य सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूले पनि प्राप्त सुविधा बुझाउने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज