त्रिभुवन विमानस्थलमा भारतीय नागरिकबाट मलद्वारमा लुकाएको सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक भारतीय नागरिक सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। मंगलबार दिउँसो विमानस्थलको भन्सार क्षेत्रबाट पक्राउ परेका ४८ वर्षीय रोनक मदनीको शरीरभित्रबाट करिब एक किलो अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ।

मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएका मदनीलाई शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराएको थियो। काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा गरिएको भिडियो एक्स–रेमा उनले मलद्वारमार्फत तीन डल्ला सुन लुकाएर ल्याएको खुलेको हो। बरामद गरिएको सुनको तौल ८३५ ग्राम रहेको छ।

पक्राउ परेका मदनीलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज