काठमाडौं । हालको राजनीतिक तथा सामाजिक तनावबीच नेपालका प्रशासन र सुरक्षा निकायका शीर्ष अधिकारीहरूले संवादलाई नै समस्याको मूल समाधानका रूपमा अघि सार्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
सोमबार जारी संयुक्त विज्ञप्तिमा मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले छिटोभन्दा छिटो राजनीतिक संवादमार्फत शान्तिपूर्ण निकास दिनुपर्नेमा जोड दिएका छन्।
उनीहरूले मुलुकको स्थायित्व र जनताको सुरक्षालाई ध्यानमा राख्दै सबै सम्बद्ध पक्षलाई आपसी समझदारी र सहकार्यतर्फ उन्मुख हुन हार्दिक अपिल गरेका छन्।

