प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

उनको सचिवालयले मंगलबार जानकारी दिँदै ओलीले प्रधानमन्त्री पद छोडेको पुष्टि गरेको हो। तर राजीनामाको कारणबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।

ओलीको राजीनामासँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ। यसअघि विभिन्न राजनीतिक दबाब र पछिल्ला घटनाक्रमका कारण उनको नेतृत्वमा प्रश्न उठिरहेको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज