काठमाडौँ । जेनजी आन्दोलनबाट उत्पन्न भएको असुरक्षित परिस्थितिलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका निजी विद्यालयहरूले भोलि (भदौ २४ गते) एक दिनका लागि कक्षा सञ्चालन नगर्ने भएका छन्।
विद्यालय सञ्चालक संस्थाहरूले सुरक्षा जोखिम बढेको भन्दै अभिभावकलाई सूचना पठाउँदै विद्यालय बन्द हुने जानकारी दिएका हुन्।
साना तथा ठूला निजी विद्यालय सबैमा लागू हुने निर्णयसँगै विद्यार्थीहरू भोलि घरमै बस्नेछन्।
विद्यालय सञ्चालकहरूले शान्तिपूर्ण वातावरण कायम भएपछि मात्रै कक्षा सञ्चालन सहज हुने बताएका छन्।

